मंगलबारदेखि मौसममा क्रमिक सुधार हुने

आइतबार, १८ कार्तिक, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश र कोशी प्रदेशका केही पहाडी भू–भागमा आज हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागका थोरै स्थान तथा तराईका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरे। मंगलबारदेखि क्रमिक रूपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिए। 

See More On

सुझावित समाचार