Skip This
सोमबारबाट केरुङ नाका सञ्चालनमा ल्याउने तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १० शनिबार
  • Saturday, 26 October, 2024
रासस रसुवा
२o८१ कार्तिक १० शनिबार २o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ

सोमबारबाट केरुङ नाका सञ्चालनमा ल्याउने तयारी

Read Time : < 1 मिनेट
रासस, रसुवा
नयाँ पत्रिका
२o८१ कार्तिक १० शनिबार २o:४९:oo

अविरल वर्षाका कारण बन्द रसुवागढी केरुङ अन्तर्राष्ट्रिय राजमार्ग आगामी सोमबारदेखि सञ्चालनमा ल्याउने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।

अविरल वर्षाले क्षति पुर्याई गत  १२ असोजबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी सोमबारबाट यातायात सञ्चालनमा ल्याउने सीमाक्षेत्रका समकक्षीले शनिबार टेलिफोनमार्फत जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। 

राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबिचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठुलो सहयोग मिलेको प्रजिअ पौडेलले बताए । रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरुद्व भएको थियो ।

सडक अवरूद्ध हुँदा चिनियाँ मालसामान ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ।