मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ९ शुक्रबार ११:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी वृत्तलाई बाबुरामको प्रश्न– पूर्वमाओवादी एक ठाउँमा किन जम्मा हुने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार ११:५२:oo

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सबै पूर्वमाओवादी एक ठाउँमा किन जम्मा हुने ? भनेर प्रश्न गरेका छन् । गएको मध्यराति सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर भट्टराईले प्रचण्डनिकटका व्यक्तिहरूले आफूलाई जोडेर पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएकाे भन्दै  उनले  सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ? या फेरि एकपटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ? भनेर प्रश्न गरेका हुन् । 

भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले सुशासनको मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेको उनले उल्लेख गरे । ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमी–कमजोरीसहित पूरा गरिसकेको आफूले बताउँदै आएको भन्दै उनले विश्व २१औँ शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको र सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुँजीवादको चंगुलमा परेको उल्लेख गरे । 

यो स्थितिमा पुरानो  जनयुद्धकालीन अवस्थाका निम्ति उपयुक्त माओवादी विचार–राजनीति र  स्टालिनवादी अति केन्द्रीकृत ढाँचाको  कम्युनिस्ट पार्टीको माध्यमबाट नया युगका कार्यभार पूरा गर्न नसक्ने उनले स्पष्ट पारेका छन् । आफूहरू अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधारबिचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । 

उनले लेखेका छन्, ‘हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठिक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौँ ? तर, अहिले समय र परिस्थिति अनुकूल नयाँ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासबारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्वमाओवादी एक ठाउँमा आउँ’ भन्नुको के अर्थ रहन्छ ?’

उनले प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी सुशासनको निम्ति आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज वृद्धिको अवमूल्यन र उनीहरूमाथि ठुलो मजाक हुनु भएको उल्लेख गरे ।