१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक ६ मंगलबार १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खुर्काेटस्थित सुनकोशीमा बेलिब्रिज जडान भएपछि बिपी राजमार्गमा यातायात सञ्चालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १५:o१:oo

गत असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले पुल बगाएपछि अवरुद्ध बिपी राजमार्गमा यातायात सञ्चालन भएको छ ।

नेपाली सेनाले खुर्काेटस्थित सुनकोशीमा बेलिब्रिज जडान सम्पन्न गरेपछि मंगलबारबाट नियमित यातयात सञ्चालन भएको हो। सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ र रामेछापको मन्थली नगरपालिका– ६ स्थित खुर्काेटमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएपछि यातयात सञ्चालन भएको हो ।  

बाढीले  सुनकोशी नदीमाथि रहेको एक सय मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो । 

असोज २० गतेबाट प्राविधिकसहित खटिएको नेपाली सेनाको टोलीले अहोरात्र काम गरी कात्तिक  ०५ गते अर्थात् सोमबार बेलिब्रिज जडानको काम सम्पन्न गरेको थियो । बेलिब्रिज जडान गरिसकेपछि सेनाले पुलको भार बहन क्षमतासमेत परीक्षण गरेको छ ।