मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Saturday, 21 December, 2024
२o८१ असोज ३० बुधबार o८:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी महिला टी–२० विश्वकप : भारत र पाकिस्तान समूह चरणबाटै बाहिरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार o८:४९:oo

आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै भारत र पाकिस्तान बाहिरिएका छन् ।विश्वकपअन्तर्गत समूह ‘ए’मा भारत तेस्रो र पाकिस्तान चौथो स्थानमा रहँदा सेमिफाइनलमा पुग्न नसकेका हुन् । समूहको शीर्ष दुई टोली अन्तिम चारमा पुग्ने प्रावधान छ । भारतले चार र पाकिस्तानले दुई अंक जोडेका छन् । 

समूह ‘ए’मा श्रीलंका अंकविहीन भएको छ । समूह ‘ए’बाट अस्ट्रेलियाले सर्वाधिक आठ र न्युजिल्यान्डले ६ अंक जोड्दै सेमिफाइनल स्थान पक्का गरेका छन् ।

समूह ‘बी’बाट इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले अन्तिम चारको स्थान पक्का गरेका छन् । यस समूहबाट वेस्ट इन्डिज, बंगलादेश र स्कटल्यान्ड बाहिरिए । इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले समान ६ अंक जोडेका छन् । रनरेटमा इंग्ल्यान्ड माथि रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको हो । 

समूह ‘ए’बाट अन्तिम चारको आशा जीवित बनाउन भारतले अस्ट्रेलियालाई हराउनुपर्ने थियो । तर, महŒवपूर्ण खेलमा भारत अस्ट्रेलियासँग नौ रनले पराजित भयो ।