मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २८ सोमबार
  • Saturday, 21 December, 2024
२o८१ असोज २८ सोमबार १९:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाको गागनखोला बगरमा अपरिचित व्यक्तिको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २८ सोमबार १९:३४:oo

सिराहाको सुखीपुर नगरपालिका- १०, लालसहियास्थित गागनखोलाको बगरमा सोमबार अपराह्न एक अपरिचित पुरुषको शव भेटिएको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार १० लालसहियास्थित दुर्गा मन्दिरनजिकै केही मिटर पूर्वपट्टि गागनखोलाको बगरमा सोमबार अपराह्न करिब साढे ४ बजेतिर अपरिचित पुरुषको शव भेटिएको हो।

स्थानीयले खोलाको बगरमा शव देखिएको भन्ने खबर दिएलगत्तै महेशपुर पतारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीनराज मैनाली कमान्डको टोली घटनास्थल पुगेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए। 

उनका अनुसार शवको पहिचान नखुलेकाले घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनास्थलको प्रकृति, मुचुल्कासहित आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि शव अस्पताल पठाउने तयारी गरिरहेको छ।

अपरिचित व्यक्ति दसैँको टीकाको दिन दुर्गा मन्दिरपरिसरमा लाग्ने मेला हेर्न आएको हुन सक्ने आशंका गरिएको भए पनि कहाँका हुन्, मृत्यु कसरी भयो भन्ने विषयमा पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र केही बताउने सकिने उनले बताए।