आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजनबाट टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरघरमा जाने गर्दछन् ।
आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसानप्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ । निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेका देखिन्छन् । बडादसैँको सार्वजनिक बिदा आजसम्म भएकाले पनि टीका र आशीर्वाद थाप्न मानिसहरू हतारहतार हिँडिरहेका छन् ।
मंगलबारदेखि सरकारी कार्यालय खुल्ने भए पनि नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम भने बुधबार अखिल बलिपूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमा भने कात्तिक १ गते बिहीबार परेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी
सुझावित समाचार
राजस्व चुहावट प्रकरण : दमक नगरपालिकालाई दोहोरो रसिद काट्नुको कारण सोध्यो प्रदेश सरकारले
झापा । कोशी प्रदेश सरकारले दमक नगरपालिकालाई सुरुमा कानुनविपरीत राजस्व चुहावट गरेर पछि थप राजस्व लिनुको कारण सोधेको छ । अवै…
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
काठमाडौं । राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन थालेका छन् । जलस्रोत तथा सिँचाइ विभा…
भोलिदेखि सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि दिउँसो ४ बजेसम्म
काठमाडौं । जाडोयाम सुरु भएसँगै भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। सरकारले सा…
शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने प्रक्रिया अघि बढ्यो
कञ्चनपुर। कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति…
यस्ताे छ महाभियोगको संवैधानिक व्यवस्था
काठमाडाैं- संविधानको धारा १०१ उपधारा (२) मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकाय…
तेजाब र जलनका घटनालाई फरक रूपमा नहेर्न पीडितहरूको माग
काठमाडाैं- जलन प्रभावितहरूले तेजाब र अन्य प्रकारका जलनका घटनामा समान किसिमको कानुनी व्यवस्था हुनुपर्ने माग गरेका छन् । विद्यमान…