देशमा महान् पर्व दसैँको चहलपहल सुरु भएको छ । मनमा अनेकौँ पीर व्यथा भए पनि एकैछिनलाई भुलेर सहरबाट गाउँ फर्किनेहरूको ठुलो भिड लागिरहेको छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिनेको लर्को उस्तै छ । दसैँ सुरु भए पनि वैदेशिक रोजगारी र अध्यनको सिलसिलामा विमानस्थलबाट बिदेसिन लागेका यात्रुहरूको विछोडको पीडाले जो–कसैलाई पनि मर्माहत बनाउँछ । बुधबार साँझ हामीले त्यहाँ जे देख्यौँ :