मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २२ मंगलबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २२ मंगलबार o७:३३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

कर्णाली याक्सका प्रबन्ध निर्देशक गृहेन्द्र घिमिरेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २२ मंगलबार o७:३३:oo

नेपाल प्रिमियर लिग (एनपिएल) मा निजी क्षेत्रको आकर्षण देखिनुको कारण के हो ?
एकातिर यो निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको विषय पनि हो । अर्कातिर निजी क्षेत्र नितान्त व्यावसायिक हुन्छ । उसले जहाँ नाफाको सम्भावना देख्छ, त्यहाँ लगानी गर्छ । त्यसैले, अहिले एनपिएलमा निजी क्षेत्र जोडिनुका मुख्य उद्देश्य पनि यिनै दुई हुन् । पहिलेपहिले क्यानले आफ्नो सीमित बजेटमा सानातिना इभेन्ट आयोजना गथ्र्यो । तर, अहिले निजी क्षेत्रको प्रवेशले लगानी बढेको छ । यसले नेपाली खेलकुद क्षेत्रमा व्यवसायीकरण भिœयाउँछ । अहिले लगानी गरेर भविष्यमा नाफा आर्जन गर्न सकिने बलियो सम्भावना देखेकाले निजी क्षेत्र एनपिएलमा आकर्षित भएको हो । 

अहिलेको लगानीको निरन्तरता र भविष्यमा थप लगानी वृद्धिको सम्भावना कति छ ?
व्यापार व्यवसायमा आज लगानी गरेर आजै नाफा कमाउने अपेक्षा गरिन्न । खासमा आज लगानी गर्नुको उद्देश्य नै भविष्यमा नाफा कमाउनु हो । त्यसैले, अहिले गरेको लगानीले निरन्तरता नपाउने या भविष्यमा लगानी नबढ्ने भन्ने त हुँदै हुँदैन । निजी क्षेत्रले एकातिर देशको क्रिकेट विकास हुने र अर्कातिर नाफा पनि कमाइने देखेरै लगानी गरेको हो । त्यसैले, यसले भविष्यमा पनि निरन्तरता पाउँछ र आवश्यकताअनुसार थप लगानी हुँदै जान्छ । क्रिकेटमा जस्तै भविष्यमा फुटबल, भलिबललगायत खेलमा पनि निजी क्षेत्रको प्रवेश हुन सक्छ । 

यसले नेपाली क्रिकेटको उन्नयनमा कस्तो प्रभाव पार्ला ?
अत्यन्तै राम्रो प्रभाव पार्छ । अहिले निजी क्षेत्रको प्रवेशपछि नेपाली क्रिकेट क्षेत्र पनि निकै उत्साहित देखिएको छ । यसबाट पाँचतारे होटेललगायत विभिन्न क्षेत्रको व्यापारमा सकारात्मक प्रभाव पर्छ । पर्यटन प्रवर्द्धनमा समेत यसले सघाउँछ । यसबाट अहिले क्रिकेटमा समर्पित पुस्ता त उत्साहित छ नै, साथमा आगामी दिनमा आउने पुस्ता पनि थप उत्साहित हुनेछ ।