Skip This
टिभी बहसमा जब नेताले हाने प्रतिद्वन्द्वीलाई कुर्सी !
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
ब्रासिलिया
२o८१ असोज ३ बिहीबार १o:१२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

टिभी बहसमा जब नेताले हाने प्रतिद्वन्द्वीलाई कुर्सी !

Read Time : < 1 मिनेट
ब्रासिलिया
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार १o:१२:oo

ब्राजिलको सबैभन्दा ठुलो सहर साओ पाउलोमा अक्टोबर ६ मा मेयर पदको निर्वाचन हुँदै छ । एक करोड १५ लाखभन्दा बढी जनसंख्या भएको सहरका प्रमुख हुन उम्मेदवारी दिएका प्रतिद्वन्द्वीबिच आइतबार भएको टेलिभिजन बहस अराजकतामा परिणत भयो । बहसका क्रममा एकजना उम्मेदवारले अर्का उम्मेदवारलाई कुर्सीले हानिदिए । 

आइतबार भएको टेलिभिजन बहसका क्रममा ६ जना मेयर पदका आकांक्षीबिच बहस भएको थियो । त्यस क्रममा उम्मेदवार पूर्वटेलिभिजन प्रस्तोतासमेत रहेका जोसे लुइज डाटेना अर्का उम्मेदवारका कुराबाट यति आक्रोशित भए कि उनले आफूलाई रोक्न सकेनन् । उग्र दक्षिणपन्थी उम्मेदवार पाब्लो मार्सलन्थीले आफ्नो बोल्ने पालोमा डाटेनाले पहिले पनि हिर्काउने धम्की दिएको तर उनमा त्यस्तो गर्ने साहस नभएको भनेर जिस्काएका थिए । 

मार्सलले बहसका क्रममा सन् २०१९ मा एक टेलिभिजन सहकर्मीले डेटेनाविरुद्ध जाहेरी दिएको यौन उत्पीडनको उजुरीको घटना उप्काएका थिए । यसअघिको बहसमा पनि यही मुद्दा उठाउँदा डाटेनाले मार्सललाई हिर्काउने धम्की दिएका थिए । डाटेनाविरुद्ध उजुरी दिने सहकर्मीले उनको औपचारिक रिपोर्ट फिर्ता लिएकी थिइन्, तथापि पछि तिनले आफूलाई डरधम्कीका आधारमा चुप लाग्न बाध्य बनाएको प्रतिक्रिया दिएकी थिइन् । यही विषय पुनः उठाएपछि आइतबार रिसको झोकमा डाटेनाले कुर्सी उठाएर मार्सलको काँधमा हानेका थिए । 

घटनापछि मतसर्वेक्षणमा पाँचौँ स्थानमा रहेका डाटेना टिभी बहसबाट निष्कासित भएका थिए । कुर्सीले हानेपछि मार्सलको चोटको उपचार भएको उनका प्रवक्ताले भने । बाँकी उम्मेदवारहरूले बहसलाई निरन्तरता दिएका थिए ।