१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Wednesday, 16 October, 2024
२o८१ असोज ३ बिहीबार o७:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

१० लाखसहित पलेसालाई सम्मान गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o७:४९:oo

बागमती प्रदेश सरकारले पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक दिलाएकी पलेसा गोवर्द्धनलाई १० लाखसहित सम्मान गर्ने भएको छ । सरकारले संविधान दिवसका अवसरमा सम्मान गर्न लागेको हो । पलेसाले पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । उनले तेक्वान्दोको के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि तौल समूहमा सर्बियाकी मरिजा मिकेभलाई १५–८ अंकले हराउँदै नेपाललाई पदक दिलाएकी थिइन् ।

पलेसालाई सम्मानित गर्नुअघि हेटौँडा बजार परिक्रमा गराउने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, प्रदेश सरकारले पलेसासँगै १९औँ एसियाली खेलकुद (एसियाड)मा कराँतेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउने एरिका श्रेष्ठलाई पनि सम्मानित गर्ने भएको छ । उनलाई नगद ५ लाखसहित सम्मान गरिने बागमत प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी, पलेसाका प्रशिक्षक कविराज नेगी र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई पनि नगदसहित सम्मान गर्ने जनाएको छ । पलेसाका प्रशिक्षक कविराज नेगी र तेक्वान्दो संघलाई समान तीन लाख नगदसहित पुरस्कृत गरिनेछ । 

पलेसा र प्रशिक्षक लामा ८ नं. वडाबाट सम्मानित 
काठमाडौं महानगरपालिका ८ नं. वडाले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेसा गोवर्द्धन तथा प्रमुख प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ । बुधबार वडाध्यक्ष आशामान संगतले खेलाडी पलेसा र प्रशिक्षक लामालाई समान ५१ हजार रुपैयाँ हस्तान्तरण गरे । वडाध्यक्ष संगतले नेपालको पहिचान विश्वमाझ पुर्‍याउन सफल भएकोेमा बधाई दिए । ‘काठमाडौं महानगरपालिकाकी चेलीले नेपाल र नेपालीको पहिचानलाई विश्वमाझ पुर्‍याउन सफल भएकोमा बधाई छ । हामी गौराञ्वित छौँ ।’

प्रशिक्षक लामाले सम्मान गरेकोमा वडा परिवारप्रति धन्यवाद व्यक्त गरे । उनले नेपाल पारा ओलम्पिकमा ६० को दशकबाट सहभागी हुन थालेको र हाल पदक जित्न सफल भएको बताए ।  त्यस्तै, काठमाडौं जिल्ला तेक्वान्दो संघले पलेसालाई एक लाख ३८ हजार नगदसहित सम्मान गरेको छ । प्रशिक्षक लामालाई ५८ हजार तथा पेरिस पारा ओलम्पिकमै सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । सिद्धार्थ वनस्थली इन्स्टिच्युटले पनि पलेसालाई छुट्टै ५० हजार नगदसहित सम्मान गरेको थियो ।