Skip This
कुष्ठरोग निवारणका लागि डब्लुएचओका सद्भावना दूत नेपालमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुष्ठरोग निवारणका लागि डब्लुएचओका सद्भावना दूत नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १८:४१:oo

कुष्ठरोग निवारणका लागि डब्लुएचओका सद्भावना राजदूत योहेई सासाकाव कुष्ठरोगको अवस्था अध्ययनका लागि नेपाल आएका छन्। कुष्ठरोगको निःशुल्क उपचार र पूर्ण नियन्त्रणका लागि विगत ४० वर्षदेखि काम गर्दै आएका सासाकावा नेपालको अवस्था बुझ्न नेपाल आएका हुन्।

सन् २०३० सम्ममा कुष्ठरोग उन्मूलनको तयारी थाले पनि नियन्त्रणमा नरहेको नेपालको अवस्था बुझ्ने र खासगरी तराई क्षेत्रमा कुष्ठरोगपीडितको अवस्था हेर्न निरीक्षण गर्ने तयारी रहेको बताइएको छ। कुष्ठरोग र योसँगै जोडिएर आउने कलंक र सामाजिक भेदभावविरुद्ध चार दशकदेखि काम गर्दै आएका सासाकावा हाल शून्य कुष्ठरोगको अभियान चलाइरहेका छन्।

कुष्ठरोगलाई अझैसम्म पनि पूर्वजन्मको पापको रूपमा लिइने भएकाले उन्मूलन चुनौतीपूर्ण भइरहेको उनले बताए। काठमाडौंमा गरिएको एक पत्रकार सम्मेलनमा उनले भने, ‘कुष्ठरोग मात्रै एउटा यस्तो रोग हो, जुन संक्रमण भएको थाहा पाएपछि परिवार र आफन्तले उपचार र हेरचार गर्नुको साटो घरबाट निकालिदिन्छन् वा छाडिदिन्छन्।’

साथै, अझैसम्म पनि ग्रामीण भेगहरूमा यसका लक्षणहरूबारे आममानिसमा पर्याप्त बुझाइ नहुँदा उपचारबाट वञ्चित भइरहेको र नियन्त्रणको मुख्य चुनौती भइरहेको उनले बताए। यस्तै, शरीरमा नदुख्ने सेता दागहरू वा फोकाहरू देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिन र संक्रमण पत्ता लागेमा उपचारबाट पछि नहट्नसमेत उनले आग्रह गरेका छन्।

सासाकावाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर कुष्ठरोगको अवस्थाबारे जानकारी लिएका थिए। साथै, २०२० देखि ३० सम्ममा उन्मूलनका लक्ष्य लिएका देशहरूमध्ये प्रभावितको संख्या शून्यमा पुर्‍याउने अभियान नेपालबाट सुरु गर्नसमेत उनले सुझाएका हुन्।