Skip This
राँझाका वन अधिकृत र उनीविरुद्ध उजुरी दिने दुवैलाई भ्रष्टाचार मुद्दामा सजाय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार १८:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राँझाका वन अधिकृत र उनीविरुद्ध उजुरी दिने दुवैलाई भ्रष्टाचार मुद्दामा सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १८:२५:oo

बाँकेको सब डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धे र उनीविरुद्ध उजुरी दिएर अदालतमा प्रतिकूल बकपत्र गर्ने मकरध्वज पाण्डे भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बुधबार उनीहरूलाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो।

विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले यस मुद्दामा फैसला गर्दै पार्धेलाई सात हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाएको छ। यसैगरी, पाण्डेलाई पनि विशेषले उही सजाय सुनाएको छ।

पार्धेविरुद्ध गत २९ फागुनमा र पाण्डेविरुद्ध यही १६ असारमा मुद्दा दर्ता भएको थियो । पार्धेले काठ चिरानको सिफारिस गरिदिन भनी सेवाग्राहीसँग घुस-रिसवत मागिरहेको सूचना आयोगको बुटवलस्थित कार्यालयमा परेको थियो।

त्यहाँबाट खटिएको टोलीले पार्धेलाई सात हजार रुपैयाँसहित पक्राउ गरेको थियो। पछि अख्तियारमा उजुरी दिने पाण्डेले अदालतमा भने बयान फेरेका थिए। जसपछि उनीविरुद्ध पनि मुद्दा दायर भएकोमा ठहर हुने फैसला भएको हो।