Skip This
दसैँलक्षित अग्रिम टिकट बुकिङ खुलाउनेबारे छलफल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २ बुधबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २ बुधबार १८:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँलक्षित अग्रिम टिकट बुकिङ खुलाउनेबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २ बुधबार १८:oo:oo

दसैँलक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ। चाडपर्वको समयमा ठुलो संख्यामा यात्रुहरू काठमाडौंबाट बाहिरिने र केही दिनलगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउन मन्त्रीको अग्रसरतामा छलफल भएको हो।

बुधबार मन्त्रालयमा आयोजित सरोकारवालाहरूको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुरयाउने व्यवस्था मिलाउन निर्देशन दिए। सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए।

चाडपर्वलाई दुर्घटनारहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनको भनाइ थियो। टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीहरुमा सुरक्षा प्रवन्ध दर्विलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगीरहित यात्राको प्रवन्ध मिलाउन सम्वद्ध सवै क्षेत्र लाग्नु पर्नेमा जोड दिए।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधिन सडकहरुमा समेत खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रवन्ध गर्ने लगायतका काम भइरहेको बताए। विशेष परिस्थितीबाहेक २ घण्टा भन्दा बढि सडक जाम हुन नदिईएको भन्दै उनले चाडपर्व नजिकिएसँगै यस कार्यलाई थप प्राथमिकतामा राखिएको जनाए। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको दाबी गरे।

छलफलमा प्रहरी बरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई नै लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानहरुमा चेकजाँचको व्यवस्था मिलाईएको र बढि यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रवन्ध समेत मिलाईएको बताए।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीहरुले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए।