Skip This
मकवानपुर जिल्ला लिगः सहिद स्मृति समूह ‘घ’ को शीर्ष स्थानमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १ मंगलबार
  • Thursday, 19 September, 2024
२o८१ असोज १ मंगलबार २२:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः सहिद स्मृति समूह ‘घ’ को शीर्ष स्थानमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १ मंगलबार २२:oo:oo

मकवानपुरको बागमती गाउँपालिकाको सहिद स्मृति क्लब जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘घ’ को शीर्ष स्थानमा उक्लिएको छ। बुधबारको खेलमा पशुपति युवा क्लबलाई हराउँदै सहिद स्मृति समूहको शीर्ष स्थानमा उक्लिएको हो।

सिमलटार खेल मैदानमा मंगलबार भएको खेलमा सहिद स्मृतिले पशुपति युवा क्लबलाई ५-२ गोल अन्तरले हराएको हो। सहिद स्मृतिको लागि उप्रान्त आलेले दुई तथा किरण घिसिङ, अरुण आले र रमेश थिङले समान एक-एक गोल गरे। यस्तै, पशुपतिको तर्फबाट अनमोल मोक्तानले दुई गोल फर्काए।

समूह ‘घ’ कै अर्को खेलमा मनहरी गाउँपालिकाको हाँडीखोला युथ क्लबले युनाइटेड नाइन हेटौँडासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। मंगलबारको बराबरीसँगै हाँडीखोलाको आठ र युनाइटेड नाइनको दुई अंक भएको छ। 

यता, मंगलबार नै गौरीटार रंगशालामा भएको समूह ‘घ’ कै खेलमा प्रतिभा क्लबले एफसी चाइनाक्वाटरलाई ३-० गोलले हराएको छ। प्रतिभाले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो। प्रतिभाका लागि शोभित वाइबाले दुई तथा सुनील थिङले एक गोल गरे। 

यसैगरी, मंगलबारको अन्तिम खेलमा एफसी इन्टरनेटले एफसी पोतालालाई २-० ले हराएको छ। इन्टरनेटका लागि मिलन काफ्ले एक्लैले दुई गोल गरे। प्रतियोगिताअन्तर्गत प्रत्येक दिन चार खेलहरू भइरहेको छ। 

जिल्लाका  २८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले एकलाख नगदसहित प्रदेशस्तरीय लिग खेल्ने अवसर पाउने छ भने उपविजेता हुने टोलीले ५० हजार नगद पुरस्कार पाउने छ।