Skip This
मकवापुर जिल्ला लिगः सक्षम र इन्टरनेट विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार २o:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवापुर जिल्ला लिगः सक्षम र इन्टरनेट विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार २o:१o:oo

हेटौँडामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा सक्षम युवा क्लब नेवारपानी र इन्टरनेट सिटी क्लब विजयी भएका छन्।

यस्तै, विजय युथ क्लब र हेटौँडा भेट्रान्सबिचको खेल २-२ गोलको बराबरीमा रोकिँदा पिप्ले युवा क्लब र फुटबल एकेडेमीबिचको खेल भने वर्षाका कारण स्थगित भएको छ।

आइतबार भएको खेलमा सक्षम युवा क्लब नेवारपानीले हेटौँडा- १९ नम्बर वडाको परेली क्लबलाई २–१ ले हरायो। सक्षमको जितका लागि दुवै गोल सबिन गिरीले गरे भने परेलीका रोहित मोक्तानले एक गोल फर्काए।

लिगमा ४ खेल खेलेको सक्षमको ९ अंक भएको छ भने लिग चरणको सबै खेल खेलेको परेलीको ११ अंक रहेको छ। आइतबार नै इन्टरनेट सिटी र महावीर क्लबबिचको खेलमा इन्टरनेट २–० गोल अन्तरले विजयी भयो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको महावीरले दोस्रो हाफमा २ गोल व्यहोरेको हो। इन्टरनेट सिटीको लागि कोसिस मगर र राजन स्याङ्बोले एक-एक गोल गरे।

यता, आइतबार भएको अर्को खेलमा विजय युथ र हेटौँडा भेट्रान्सले २-२ गोलको बराबरी खेलेका छन्। भेट्रान्सको तर्फबाट कृशल लामा र सचिन तिवारीले गोल गर्दा विजय युथको तर्फबाट दिनेश अमात्य र श्रीजन पाख्रिनले गोल गरे।

आइतबारको अन्तिम खेल भने वर्षाका कारण स्थगित भएको छ। वर्षाका कारण पिप्ले युवा क्लब र फुटबल एकेडेमीको खेल स्थगित भएको हो। स्थगित खेल सोमबार बिहान खेलाइने एन्फाका केन्द्रीय सदस्यसमेत रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले जानकारी दिए। 

२८ वटा क्लबको सहभागिता रहेको जिल्ला लिगको विजेताले एक लाख रुपैयाँसँगै प्रदेश लिगमा सहभागिता जनाउन पाउनेछ भने उपविजेता बन्ने टिमले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।