Skip This
‘होस्टेल ३’ को छायांकन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ३० आइतबार १४:२७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘होस्टेल ३’ को छायांकन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १४:२७:oo

आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै नेपाली चलचित्र ‘होस्टेल ३’ को छायांकन सुरु गरिएको छ। 

मुहूर्त सटमा चलचित्रका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तले छोटो अभिनय गर्दै सुरुवात गरेका छन्। चलचित्रको छायांकन काठमाडौंको बोडेमा सुरु भएको छ। यहाँ पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायांकन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए।

चलचित्रमा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बूले विशेष भूमिका निभाउनेछिन्।

चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दै छ। चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्।

मुख्य सहायक निर्देशक सुदीप कुँवर छन्। चलचित्रको प्रोडक्सन डिजाइन यमप्रसाद ओलीले गरेका छन्। कार्यकारी निर्माता शंकर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सहनिर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।