Skip This
प्रहरी संगठनलाई ऊर्जाशील बनाउन प्रयत्नशील छौँ : गृहमन्त्री लेखक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
फाइल तस्बिर ।
२o८१ भदौ ३० आइतबार १४:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरी संगठनलाई ऊर्जाशील बनाउन प्रयत्नशील छौँ : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १४:१o:oo

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन आफू प्रयत्नशील रहेको बताएका छन्।

आज बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सि.सं. १६ (क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समयअनुकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयक अघि बढाइएको बताएका हुन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजस्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा पुर्‍याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको धारणा व्यक्त गरे।

‘स्थापनाकालदेखि नै अत्यन्तै कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गरी राष्ट्रिय सुरक्षामा गर्विलो उपस्थिति कायम सशस्त्र प्रहरी संगठनले गरेको छ,’ उनले भने, ‘जिम्मेवारी सम्पादन गर्ने सिलसिलामा प्रदर्शन गरेको उच्च कार्यक्षमताका कारण नागरिकको अभिन्न सहयोगी संगठन बनेको छ ।’

परिवर्तित राजनीतिक, सामाजिक, आर्थिक तथा सुरक्षा वातावरणअनुसार मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्य अत्यन्त जटिल एवं चुनौतीपूर्ण रहेको बताउँदै लेखकले त्यसका लागि राज्यले व्यावसायिक तथा दक्ष जनशक्तिसहितको सुरक्षा निकायहरूको प्रबन्ध गरेको बताए।

सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई पेसागत रूपमा दक्ष एवं क्षमतावान् बनाई राज्यप्रदत्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न सक्ने बनाउन विभिन्न किसिमका आधारभूत तथा उन्नत तालिमहरू सञ्चालन गरिरहेको उनको भनाइ थियो ।

समारोहबाट ६८ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित भए। समारोहमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी थिए।