Skip This
धनकुटामा खुकुरी प्रहार गरी पत्नीको हत्या, आफैँमाथि पनि खुकुरी प्रहार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३० आइतबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ ३० आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा खुकुरी प्रहार गरी पत्नीको हत्या, आफैँमाथि पनि खुकुरी प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३० आइतबार १३:५८:oo

धनकुटाको महालक्ष्मी नगरपालिका– १ कटहरेमा एक पतिले धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या गरेका छन्। 

सामान्य घरायसी विवाद हुँदा महालक्ष्मी नगरपालिका– १ कटहरेका ३० वर्षीय विजय दर्जीले २५ वर्षीया पत्नी सरिता दर्जीको हत्या गरेका हुन्। 

गएराति ११ बजेतिर पत्नीमाथि खुकुरी प्रहार गरेपछि उनले आफैँलाई समेत खुकुरी प्रहार गरेका थिए। घटनाबारे छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। दुवैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएकोमा सरिताको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए।

सरिताको पाखुरा र पेटमा गहिरो चोट लागेको थियो भने विजयको पेटको आन्दा बाहिर निस्किएको छ। डिएसपी महर्जनका अनुसार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा मानसिक सन्तुलन ठीक नभएका विजयले घरायसी विवादमा पत्नीमाथि खुकुरी प्रहार गरेको देखिएको छ,’ डिएसपी महर्जनले नयाँ पत्रिकासँग भने, ‘उनी आफैँ पनि गम्भीर घाइते भएकाले उनको उपचारपछि थप अनुसन्धान अगाडि बढाइएनेछ। 
उनीहरूका पाँच र ११ वर्षका दुई छोरी छन्।