Skip This
अविरल वर्षाले राप्ती राजमार्ग र दाङ-सुर्खेत सडक अवरुद्ध 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Wednesday, 18 September, 2024
२o८१ भदौ २८ शुक्रबार १o:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अविरल वर्षाले राप्ती राजमार्ग र दाङ-सुर्खेत सडक अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार १o:५४:oo

गएरातिदेखि परेको वर्षाले राप्ती राजमार्ग र दाङ-सुर्खेत सडक  पूर्ण रूपमा अवरुद्ध भएको छ। राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्डअन्तर्गत  तुलसीपुर उपमहानगरपालिकाको राम्रीमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडकमाथिबाट ठूलो पहिरो गएको र जेसिबीको सहायताले पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। 

यस्तै, दाङ-सुर्खेत सडकखण्डअन्तर्गत सल्यानको कालीमाटी गाउँपालिका– ४ टटेलीमा पहिरोले नै सडक अवरुद्ध भएको छ । उक्त सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको खत्रीको भनाइ छ ।

निरन्तरको वर्षाले खहरे खोला आउँदा पहिरो गएको स्थानसम्म जेसिबी ल्याउन नै समस्या रहेका उनको भनाइ छ। खहरे खोला घटेपछि मात्र जेसिबी जान सक्ने खत्रीले बताए।