१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Saturday, 12 October, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ २८ शुक्रबार o९:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय महिला लिग : वालिङविरुद्ध एपिएफको संघर्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार o९:oo:oo

राष्ट्रिय महिला फुटबल लिगमा एपिएफले बिहीबार कठिन जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार एपिएफले मोफसलको वालिङ नगरपालिकालाई २–१ ले हरायो । एपिएफको जितमा रेनुका नगरकोटे र रश्मिकुमारी घिसिङले एक–एक गोल गरेका थिए । वालिङका लागि विदेशी खेलाडी सिसी एनटांगोले गोल फर्काइन् ।

सावित्रा भण्डारीको अनुपस्थितिमा एपिएफको फिनिसिङ कमजोर बनेको हो । स्ट्राइकर रश्मिकुमारी घिसिङबाट आसलाग्दो प्रदर्शन भएन । अट्याकर सरु लिम्बू, सविता रानामगर, प्रीति राई, कप्तान अनिता बस्नेत, अनिता केसी र रेनुका नगरकोटे ‘फाइनल थर्ड’मा पुगेर गोल गर्न चुकेका थिए । एपिएफका प्रशिक्षक जिवेश पाण्डेले फिनिसिङमा चुक्दा गाह्रो भएको बताए । ‘हाम्रो समस्या भनेको स्कोरिङमा छ । यसपटक पनि यसैमा चुक्यौँ,’ पाण्डेले भने । 

एपिएफ दोस्रो स्थानमा
चार खेलबाट १० अंक जोडेको एपिएफ दोस्रो स्थानमा उक्लिएको छ । लिगमा एपिएफ अपराजित रहेको छ । नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको एपिएफले त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिकालाई हराएको थियो । वालिङ समान खेलबाट ६ अंकका साथ पाँचौँ स्थानमा छ । कोशी प्रदेशसँग हार व्यहोरेको वालिङले कर्णाली प्रदेश र संकटा क्लबलाई हराएको थियो । अहिले लिगको चौथो चरण चलिरहँदा नेपाल पुलिस क्लब १० अंकसहित शीर्ष स्थानमा छ । गोलअन्तरमा पुलिस शीर्ष स्थानमा रहेको हो ।