१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २४ सोमबार
  • Tuesday, 17 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २४ सोमबार १६:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई त्रिशूली बिच रिसाेर्टमा विशेष छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २४ सोमबार १६:३७:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको ‘त्रिशूली बिच रिसाेर्ट’सँग विभिन्न सेवासुविधाहरूमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।

यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका ग्राहकले यस रिसाेर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ। छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड–प्रिभलेज कार्ड पेस गर्नुपर्ने वा बैंकको मोबाइल/इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्नेछ।

साथै, बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको जनाएको छ। बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचतको लागि : ९८०१११००२२, कर्जाको लागि : ९८०१११००२३) जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था छ।