१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वार्षिकोत्सवमा कविलास माविकी सीमालाई शैक्षिक सामग्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १९:o६:oo

सम्पूर्ण किताब नारायणगढले सातौँ वार्षिकोत्सवका अवसरमा भरतपुर–२९, जुगेडीस्थित श्री कविलास मावि कक्षा ७ मा अध्ययनरत सीमा गुरुङलाई शैक्षिक सामग्री उपलब्ध गराएको छ।

पसलपरिसरमा आइतबार बिहान आयोजित कार्यक्रमबिच प्रमुख अतिथि गोविन्दराज विनोदी र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाका अध्यक्ष परमेश आचार्यले छात्रालाई शैक्षिक सामग्री प्रदान गरेका हुन्।

झोला, कापी, कलम, ज्यामिती बक्स, क्यालकुलेटर, विभिन्न पाठ्यपुस्तकसहित कपडा, साबुन, सेम्पु, नेलकटर, मन्जन-ब्रस, प्याडलगायतका सामग्री दिइएको सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले बताए। विद्यालयका प्रधानाध्यापक सीताराम मोक्तानले पिछडिएका र विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कविलासकी छात्रालाई दिइएको शैक्षिक सामग्री सदुपयोग हुने प्रतिबद्धता जनाए।

शिक्षासेवी प्रेम रिमालले व्यावसायिक संस्था सम्पूर्ण किताबले सामाजिक उत्तरदायित्व बहन गरेकोमा धन्यवाद दिए।

सातौँ वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण किताबले जिल्लाका दुईवटा संस्थालाई पठन संस्कार अभियन्ताका रूपमा सम्मान गरेको छ। ती संस्थाले आफ्ना सबैखाले कार्यक्रमहरूमा मायाको चिनो र उपहारस्वरूप किताब दिने प्रचलन बनाएर पठन संस्कृतिको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिएकोमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नारायणगढ जेसिजका अध्यक्ष राजेन्द्र भट्टराईलाई कदरपत्रले सम्मान गरिएको सञ्चालक सापकोटाले बताए।

सम्पूर्ण किताबले वार्षिकोत्सवमा कविलास माविकी सीमालाई शैक्षिक सामग्रीसातौँ वार्षिकोत्सवको अवसर पारेर दसैँतिहार पुस्तक मेलाको शुभारम्भ गरेको छ। मेलामा विशेष सहुलियतमा किताब बिक्री-वितरण गरिएको सञ्चालक सापकोटाले बताए।