१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रासस वीरगञ्ज
२o८१ भदौ २३ आइतबार १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सामा चर्को आवाजमा डिजे र लाउड स्पिकर बजाउन रोक

Read Time : < 1 मिनेट
रासस, वीरगञ्ज
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १७:३o:oo

पर्सा प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनीतिक तथा धार्मिक–सांस्कृतिक कार्यक्रममा मानव स्वास्थ्यलाई असर पर्ने गरी चर्को आवाजमा ‘डिजे स्पिकर’, ‘लाउड स्पिकर’ बजाउन रोक लगाएको छ।

प्रशासनले अत्यधिक चर्को स्वरमा बजाइने डिजे र लाउड स्पिकरलगायतले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै नियन्त्रण गर्न लागेको जनाएको छ। 

पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको भदौ २१ गते बसेको बैठकले सांस्कृतिक कार्यक्रम, चार्डपर्व, धार्मिक र्‍याली, जुलुस, सम्मेलन, बैठक वा प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यलाई नै असर पर्ने गरी डिजे, स्पिकर, लाउड स्पिकर ठूलो स्वरले बजाउने, आतिसबाजीहरू गर्नेजस्ता गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्सामा चर्को आवाज र आतिसबाजी गर्नेजस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए। उनले सो सूचनाको बर्खिलाप हुने गरी त्यस्ता कार्यहरू गरेमा कानुनबमोजिम कारबाही हुने प्रस्ट पारे।