१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार १६:४७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १६:४७:oo

सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एन्ड होटेल प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकका ग्राहकले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटेल बसाइ सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

यस समन्वयबारे थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’को ०१–५९७००२० मा फोन वा इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिनेछ।