१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
रासस काठमाडौं
२o८१ भदौ २३ आइतबार १६:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १६:३५:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५.४६ अंकले ओरालो लागेर दुई हजार सात सय १.९० मा सीमित भएको छ। 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६३ अंकले ओरालो लागेर चार सय ७९.७२ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मूल्य उकालो लाग्दा १० उपसमूहको सेयर मूल्यमा भने गिरावट भएको छ।

कुल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता सेयर रु. १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद–बिक्री भएको छ।

नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशील लघुवित्त, मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। मनकामना इन्जिनियरिङ हाइड्रोपावर ९.९५ र सपाेर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन्।

त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फन्ड ८.०७, गुडविल फाइनान्स ६.०५, डोल्टी पावर कम्पनी ४.५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले ४.४५ प्रतिशतले गुमाएका छन्।