१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निरक्षरता उन्मूलनमा सबैको साथ आवश्यक : शिक्षामन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १६:२o:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताविना शिक्षा र शिक्षाविना विकास असम्भव हुने बताएकी छिन्। ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्राेत विकास केन्द्रमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकार प्रतिबद्ध रहेको प्रस्ट पार्दै मन्त्री भट्टराईले त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा जोड दिइन्। सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन नहुने भन्दै उनले सबै सरोकारवालाको सहभागितामा सरकारले काम गर्ने बताइन्।

सो अवसरमा केन्द्र परिसरमा वृक्षरोपण गरिनुका साथै साक्षरता कार्यक्रममा योगदान गरेकाहरूलाई पुरस्कार र सम्मानसमेत गरिएको छ। कार्यक्रममा शिक्षासचिव डा. दीपक काफ्ले, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षा तथा मानव स्राेत विकास केन्द्रका निमित्त महानिर्देशक जयराम अधिकारी, उपमहानिर्देशकहरू, युनेस्कोका प्रतिनिधि, सामुदायिक अध्ययन केन्द्रका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो।

युनेस्कोको पहलमा सन् १९६७ देखि हरेक वर्ष ८ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन सुरु गरिएको हो। यस वर्ष ‘बहुभाषिक शिक्षाको प्रवर्द्धन : पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने नारासहित दिवस मनाइएको छ।