१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार १६:१३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वी युक्रेनको नोवोरोडिभ्का नगर रुसी कब्जामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १६:१३:oo

रुसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ। रुसी सेना रणनीतिक सहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ।

सेनाले पोक्रोभ्स्क सहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने नोवोरोडिभ्का क्षेत्रलाई ‘मुक्त गराएको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सन् २०२२ को फेब्रुअरीमा रुसी आक्रमण सुरु हुनुअघि यस नगरका १४ हजारभन्दा बढी बासिन्दा रहेको सरकारी तथ्यांकले देखाएको छ। रुसी सैनिकहरू अब रसदका लागि महत्त्वपूर्ण मानिने पोक्रोभ्स्कको नजिकै अघि बढिरहेका छन्। 

अगस्ट ६ मा कुर्स्क क्षेत्रमा युक्रेनले अचानक सीमापार आक्रमण गरे पनि मस्कोले डोनेट्स्कमा निरन्तर आफ्नो पकड जमाइराखेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० महिना लामो युद्धपछि आफ्नो मुख्य उद्देश्य डोनेट्स्कसहित पूर्वी डोनबास क्षेत्र कब्जा गर्नु रहेको बताएका छन्। (रासस/एएफपी)