१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा पलेसालाई सम्मान गर्दै कांग्रेस सभापति देउवा । तस्बिर : संजित परियार/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २३ आइतबार १६:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पलेसालाई पाँच लाखसहित कांग्रेसको सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १६:o१:oo

पेरिसमा हालै सम्पन्न पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्द्धनलाई कांग्रेसले सम्मान गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा एक विशेष सम्मान आयोजना गरेर कांग्रेसले पलेसालाई सम्मान गरेको हो। 

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले नगद पाँच लाख रुपैयाँसहित सम्मान गरे। सोही कार्यक्रममा पलेसाका प्रशिक्षक कविराज नेगी लामा एक लाख पचास हजार रुपैयाँसहित सम्मानित भए।

कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।