१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २२ शनिबार
  • Monday, 16 September, 2024
फाइल तस्बिर ।
२o८१ भदौ २२ शनिबार १८:२८:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजा युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २२ शनिबार १८:२८:oo

गाजामा इजरायल र हमासबिचको युद्ध शनिबार १२औँ महिनामा प्रवेश गरेको छ। 
जारी युद्धबिच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि प्यालेस्टिनी भूभागका लागि राहत वा इजरायली बन्धकहरूको रिहाइको आशाको कुनै संकेत देखिएको छैन। 
 
इजरायलमा रहेका कैदीहरूको बदलामा हमासद्वारा बन्धक बनाइएका बन्धकहरूलाई पनि मुक्त गर्ने युद्धविरामको सम्भावना क्षीण देखिन्छ, दुवै पक्ष आ–आफ्नो अडानमा अडिग छन्।

गत ७ अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको हमासले इजरायललाई उसको सेना पूर्ण रूपमा फिर्ता बोलाउन माग गरिरहेको छ, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा–इजिप्ट सीमाको एक महत्त्वपूर्ण भू–भागमा सेना राख्नुपर्नेमा जोड दिएका छन्। 

हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण रहेका थिए। 

हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झन्डै ४१ हजार व्यक्तिको मृत्यु भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै रहेका छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिसलाई आदानप्रदान गरिएको थियो। गत आइतबार इजरायलले एक अमेरिकी–इजरायली नागरिकसहित ६ जना बन्धकको शव फेला परेको घोषणा गरेपछि इजरायलमा शोक र आक्रोश छाएको थियो।

संयुक्त राष्ट्रसंघीय प्यालेस्टिनी शरणार्थी एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लाजारिनीले शनिबार एक्समा लेखेका छन्। ‘एघार महिनाको समय काफी हो। यसलाई अब कसैले पनि लिन सहज लिन सक्दैन। अब युद्धविराम हुनुपर्छ र मानवताको विजय हुनुपर्छ,’ लाजारिनीले लेखेका छन्। 

टर्कीका एक अमेरिकी कार्यकर्ताले कब्जा गरेको क्षेत्रमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गरिरहेको पश्चिम किनारामा शुक्रबार भएको गोलीकाण्डले युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाबलाई थप बल दिएको छ।

२६ वर्षीया आइसेनुर एज्जी आइगीको परिवारले उनको मृत्युको स्वतन्त्र छानबिनको माग गर्दै शनिबार उनको जीवनलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा हत्या गरेको आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले इजरायली सेनाले आइगीको टाउकोमा गोली हानेर हत्या गरेको जनाएको छ।

अंकाराले उनलाई ‘इजरायली कब्जा क्षेत्रमा सैनिकहरू’ द्वारा मारिएको बताएको छ, र राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली कार्यलाई ‘बर्बरता’ को रूपमा निन्दा गरेका छन्।

वासिंटनले उनको मृत्युलाई ‘दुःखद’ भनेको छ र आफ्नोनिकट सहयोगी इजरायललाई अनुसन्धान गर्न दबाब दिएको छ। करिब चार लाख ९० हजार मानिस बसोबास गर्ने वेस्ट बैंकमा इजरायली बस्ती अन्तर्राष्ट्रिय कानुनअनुसार गैरकानुनी छन्।

७ अक्टोबरमा हमासको आक्रमणपछि इजरायली सेनाले सन् १९६७ मा इजरायलले कब्जा गरेको वेस्ट बैंकमा ६६२ भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा प्यालेस्टिनी आक्रमणमा परी सुरक्षा बलका सदस्यसहित कम्तीमा २३ जना इजरायलीको मृत्यु भएको इजरायली अधिकारीहरूले बताएका छन्। इजरायली सेनाले वेस्ट बैंकको जेनिन सहरमा १० दिनसम्म चलेको घातक आक्रमणबाट पछि हटेको दिन आइगीको मृत्यु भएको थियो। 

गाजा युद्धमा युद्धविरामका लागि वार्ता गर्ने विषयमा इजरायल र संयुक्त राज्य अमेरिकाबिच विवाद भएपछि जेनिनको बहिर्गमन भएको हो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार ‘९० प्रतिशत सहमति भएको’ भन्दै इजरायल र हमासलाई सम्झौतालाई अन्तिम रूप दिन आग्रह गरेका छन्।

तर, इजरायली प्रधानमन्त्री नेतन्याहूले फक्स न्यूजसँग कुरा गर्दै भनेका छन्, ‘यो नजिकको कुरा होइन ।’

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको प्रस्तावमा इजरायल सहमत भएको भन्दै हमासले गाजापट्टीबाट इजरायललाई पूर्ण रूपमा फिर्ता लिन माग गर्दै आएको छ।(रासस/एएफपी)