१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार २२:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाकोटमा बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार २२:३९:oo

नवलपुरको गैँडाकोटमा अहिले राति बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ। 

गैँडाकोट- १० भैँसाखोरीमा गैँडाकोटबाट कावासोतीका लागि छुटेको ग.७ख २५२५ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा सात वर्षका बालकको मृत्यु भएको हो भने एकजना गम्भीर घाइते भएका छन् । 

बसको ठक्करबाट गैँडाकोट- ११ निवासी पुष्पराज श्रेष्ठका छोरा विशाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । 

बसको ठक्करबाट बालकका मामाघरकी हजुरआमा स्याङ्जा जिल्ला निवासी ५५ वर्षीया श्रीमाया मानन्धर गम्भीर घाइते भएकी छिन् ।