१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा आगलागीबाट दुई घर जले, १६ लाखको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १८:१७:oo

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा करिब १६ लाखबराबरको क्षति भएको छ। पाथीभरा याङ्वरक– ३ तिरिंगेको खानीटोलमा आगलागीबाट एकै परिवारका दुई दाजुभाइको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले बताए।

लुंगेलीका अनुसार खानीटोलका स्थानीय देवीप्रसाद इजम लिम्बू र डम्बर लिम्बूको घर जलेर नष्ट भएको हो। ढुंगामाटो, काठ र जस्तापाताको प्रयोग गरी बनाइएको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

काम गर्न खेतबारीमा गएको वेला आगलागी भएकाले घरमा रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडालगायत सबै सामग्री जलेर नष्ट भएको बताइएको छ। आगलागीबाट केही नगद, सुनचाँदी, अन्न, लत्ताकपडासहित घर नै जलेर नष्ट हुँदा करिब १६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।