१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
रासस काठमाडौं
२o८१ भदौ २१ शुक्रबार १५:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्युयोर्क जाने

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १५:२८:oo

प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्क जाने भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको छ। उनी आगामी असोज ४ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउँदै आएको छ। नेपालले राष्ट्रसंघको बडापत्रलाई परराष्ट्र नीतिको अभिन्न अंग मान्दै आएको छ।

विश्वशान्तिका लागि नेपालले राष्ट्रसंघको छातामुनि रही महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।