१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार १४:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय राजदूत श्रीवास्तवले गरे निर्माणाधीन मोटरेबल पुलको निरीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १४:५९:oo

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल–भारत सीमा जोड्ने महाकाली नदीमा निर्माणाधीन मोटरेबल पुलको निरीक्षण गरेका छन्। त्रिदेशीय सीमा जोडिएको दार्चुलाको महाकाली नगरपालिका– ८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोटनजिकको छारछुममा पुल निर्माण भइरहेको छ।

३ असोज ०७९ मा पुल निर्माणको लागि शिलान्यास गरिएको थियो। राजदूत श्रीवास्तवले पुल अनुगमन गर्दै अबको ६ महिनाभित्र पुल निर्माणको काम गरिसक्न भारतीय निर्माण कम्पनीका ठेकेदारहरूलाई निर्देशन दिएका छन्। पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

नेपाल र भारत दुवैतर्फ पुलबाट सडक निर्माणका काम बाँकी छ। भारतीय निर्माण कम्पनीका जनरल म्यानेजर दलवीर सिंहलगायतका प्रतिनिधिलाई दुवै देशतर्फको सडक जोड्ने बाटो पनि गुणस्तरीय बनाउन निर्देशन दिएका छन्। आगामी मार्चसम्म जुनसुकै हालतमा पनि काम सक्न र दुवै देशतर्फ कुनै समस्या आएमा तत्काल समाधानका लागि दूतावास र दुवै देशका सरकारहरूलाई जानकारी गराउन पनि निर्देशन दिएका छन्।

यस्तै, नेपालतर्फ बनाउने पार्किङ र रोडको डिजाइन भारतीय पक्षले नेपाली प्रशासनलाई उपलब्ध गराउने विषयमा छलफल भएको छ। डिजाइन एक साताभित्र बुझाउन निर्माण कम्पनीलाई भनिएको छ। पुलनजिक रहेका नेपालतर्फको बिजुलीका पोलहरू हटाउनसमेत निर्देशन गरिएको छ। पुल निर्माणका लागि अपुग हुने थप बजेट भारतीय सरकारले उपलब्ध गराउने बताइएको छ।

भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले कुल ३२ करोड ९८ लाख भारतीय रुपैयाँमा पुल निर्माण गरिरहेको छ। यो पुल निर्माण भएपछि सुदूरपश्चिमकै व्यापारको ढोका खुला हुनेछ। पुल सुदूरपश्चिमका पहाडी जिल्लासँगै तराई जोड्न व्यापारको कडी हुने अपेक्षा छ। यो पुलबाट चीनसँगको ताँलाकोट नाका १३४ किलोमिटर र तराईको बह्मदेव २२१ किलोमिटर दूरीमा पर्छ। यो पुलले पहाडी जिल्लामा सीधा व्यापार सम्पर्क जोडिनेछ।