१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
रासस बर्दिया
२o८१ भदौ २१ शुक्रबार १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा गैँडाको आक्रमणबाट पथप्रदर्शककाे मृत्यु

पर्यटक र चौकीदार घाइते

Read Time : < 1 मिनेट
रासस, बर्दिया
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १४:४९:oo

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक पथप्रदर्शक (गाइड)को मृत्यु भएको छ भने विदेशी पर्यटकसहित दुईजना घाइते भएका छन्। 

मधुवन नगरपालिका– १ स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा शुक्रबार बिहान एकसिँगे गैँडाले आक्रमण गरेको थियो।आक्रमणबाट ठाकुरबाबा नगरपालिका– ९ निवासी अन्दाजी ३५ वर्षीय ‘नेचर गाइड’ मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुवन नगरपालिका– १ का वडाध्यक्ष मीन थापाले जानकारी दिए।

आक्रमणबाट अमेरिकी नागरिक अन्दाजी ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय खिन्चु चौधरी घाइते भएका छन्।

गैँडाले गाइडको पेटमा र विदेशी पर्यटकको पुठ्ठामा आक्रमण गरेको जनाइएको छ। घाइते पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम र चौकीदार चौधरीको अवस्था सामान्य रहेको छ।