१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २१ शुक्रबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २१ शुक्रबार १२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडकमाथिबाट ढुंगा खसेर लाग्दा मोटरसाइकलमा सवार दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २१ शुक्रबार १२:o१:oo

मकवानपुरको भीमफेदी गाउँपालिकामा सडकमाथिबाट खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकलचालक बाराको कलैया उपमहानगरपालिका– ८ का ४२ वर्षीय मन्सुर मियाँ अन्सारी र माेटरसाइकलकाे पछाडि सवार सोही स्थानका ३२ वर्षीय नरेन्द्र माली रहेका छन्।

उनीहरूको ठिंगन स्वास्थ्य चौकीमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार शुक्रबार साढे ९ बजेतिर भीमफेदी– ८ च्यासुर खोलास्थित कान्तिलोकपथ सडकखण्डमा सडकमाथिबाट एक्कासि खसेको ढुंगाले उनीहरूलाई लागेको थियो। 

ढुंगाले लागेर अन्सारीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ भने मालीको दाहिने खुट्टामा चोट लागेको छ। प्रहरीका अनुसार उनीहरू वीरगन्जबाट हेटौँडा हुँदै काठमाडौंतर्फ जाँदै थिए।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट गएको प्रहरी टोलीले अन्सारीको उद्धार गरेको प्रहरीले जनाएको छ। अन्सारीले चलाएको बा.६५प ४२६३ नम्बरको मोटरसाइकल बाटोबाट अन्दाजी ३० फिट तल भिरमा अड्किएको र निकाल्ने काम भइरहेको छ।