१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ भदौ २० बिहीबार १९:१८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार १९:१८:oo

पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेसा गोबर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सिफारिस गरेको छ। 

बिहीबार राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको हो। बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरीले नीतिनियम बनाएर भए पनि लामालाई प्रशिक्षक सिफारिस गर्न निर्देशन दिएका थिए। 

अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक लामाले सन् २०१३ देखि नै स्वयंसेवक प्रशिक्षकको रूपमा प्रशिक्षण गराउँदै आएका थिए। उनको प्रशिक्षणमा नेपालले हालसम्म ११ पदक जितेको छ। त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य रहेको छ। 

पेरिस पारालिम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुद इतिहासकै अहिलेसम्मको ठुलो उपलब्धि हो। पेरिस पारालिम्पिकअघि कुनै पनि ओलम्पिकमा नेपालले हालसम्म पदक जित्न सकेको थिएन। 

नेपालले पारालिम्पिकमा सन् २००४ को एथेन्स तथा गृष्मकालीन ओलम्पिकमा सन् १९६४ को टोकियो ओलम्पिकदेखि भाग लिन थालेको  थियो। पलेसाले पेरिस पारालिम्पिकमा पलेसाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन्।