१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २० बिहीबार १८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली किनारमा बालिकाको शव भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार १८:५४:oo

कैलालीको लम्की–चुहा नगरपालिका–३, गोरांगेस्थित कर्णाली नदीको किनारमा एक बालिकाको शव फेला परेको छ। शरीरको पूरै भाग नांगो तथा टाउकोको भाग कंकाल मात्र भएको अवस्थामा अन्जादी ११–१२ वर्षीया बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बालिकाको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए। गोरांगेस्थित कर्णाली नदीको पश्चिमतर्फको भंगालो पारी शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले र्‍याफ्टिङको सहायताले शव निकालेको छ।

लम्की क्षेत्रमा बालिका हराएको कुनै सूचना नआएकाले शव नदीको माथिबाटै बगेर आएको हुन सक्ने चिसापानी प्रहरीले जनाएको छ। बालिकाको शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ।