१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २० बिहीबार १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पारिश्रमिक नपाएको भन्दै पशुपति कोटिहोमका मजदुरद्वारा प्रहरीमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार १७:५८:oo

गत साउनमा पशुपति मन्दिरपरिसरमा आयोजित कोटिहोमका मजदुरहरूले ज्याला नपाएको भन्दै प्रहरीमा उजुरी गरेका छन्। ३२ जना कामदारहरू उजुरी लिएर बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका हुन्।

आफूहरूलाई एक महिना काम लगाएर जम्मा दुई हजार पारिश्रमिक दिएको उनीहरूले बताएका छन्। मानव सेवा फाउन्डेसनले आयोजना गरेको सो कोटिहोममा शाही युवा शक्ति नामक संगठनले व्यवस्थापनको जिम्मा लिएर कामदारहरू राखेको थियो। सोही संस्थाले ठगी गरेको पीडितमध्ये एक रामसुन्दर कार्कीले बताए।

सो संस्थाका अध्यक्ष पशुपति खड्काबाट आफूहरू पीडित भएको उनको भनाइ छ। ‘दिनको दुई हजार दिने भनेर हामीलाई काममा लगाइयो, भारी बोक्नेदेखि हामीले सबै काम गर्‍यो,’ उनले भने, ‘तर, अहिले हामीमाथि अन्याय भएपछि प्रहरीमा आउन बाध्य भएका हौँ।’