१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २० बिहीबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २० बिहीबार १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली सेनाको गुडिरहेको ट्रकमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २० बिहीबार १५:५९:oo

नेपाली सेनाको गुडिरहेको ट्रकमा आगलागी भएको छ। मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका– ४ कुर्सी मोडमा उक्त घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार थाहा– ४ दामनस्थित त्रिभुवन राजपथ सडकखण्डमा पालुङबाट सिमभञ्ज्याङतर्फ आउँदै गरेको बा.१ग ३४३६ नम्बरको ट्रकमा एक्कासि आगलागी भएको हो।

थाहा नगरपालिका– ६ मा रहेको श्रीयुद्ध भैरव गण तालिम शिविर चनवन ब्यारेक मकवानपुरका आर्मी सवार ट्रक तालिमका लागि रेकी गर्न सिमभञ्ज्याङतर्फ जाँदै थियो । आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको प्रहरी प्रवक्ता भण्डारीले बताए।

ट्रकमा के कारणले आगलागी भएको हो भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।