१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Sunday, 15 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ १९ बुधबार १६:३५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नाबालिका दिदीबहिनी मृत्यु घटना : छोरीहरूको आफैँले हत्या गरेको आमाको स्वीकार

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार १६:३५:oo

मोरङको सुन्दरहरैँचामा मृत फेला परेका नाबालिका दिदीबहिनीको हत्या गरेको आमाले स्वीकार गरेकी छिन्। सुन्दरहरैँचा नगरपालिका– ७ बेलगाछीमा १५ भदौ अपराह्न घरनजिकै केराघारीमा मृत फेला परेका अर्जुन कार्कीका छोरीहरू डेढ वर्षीया अयिका र तीन वर्षीया अर्पणा कार्कीको हत्या उनीहरूकै आमा अस्मिताले गरेको प्रहरीसमक्ष स्वीकार गरेकी हुन्।

१४ भदौ साँझदेखि नाबालक छोरीहरू लिएर बेपत्ता भएकी यातायात व्यवसायी अर्जुन कार्कीकी श्रीमती अस्मितालाई प्रहरीले झापाको बिर्तामोड बजारमा अलपत्र अवस्थामा बुधबार बिहान फेला पारेको थियो। त्यसपछि  सोधपुछ गर्ने क्रममा दुई नाबालिका छोरीहरूको आफैँले विष खुवाएर हत्या गरेको स्वीकार गरेको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

एसपी कार्कीका अनुसार श्रीमानबाट हुने बारम्बारको शारीरिक र मानसिक यातनाबाट दिक्क भएर आफूले आत्महत्या गर्न विषादी सेवन गरेको र छोरीहरूलाई पनि सेवन गराएको अस्मिताले बताएकी छिन्। नयाँ निर्माण हुँदै गरेको घरमा पानी लगाउने विषयमा १५ भदौ अपराह्न श्रीमानसँग झगडा भएपछि उनले आफूले विष सेवन गरेको र आफू मरेपछि छोरीहरूको विजोग हुन्छ भनेर उनीहरूलाई पनि विष खुवाएर मारेको प्रहरीसमक्ष बयान दिएकी छिन्।

मोरङ प्रहरीले नाबालिका छोरीहरूकोे हत्या कसुरमा अस्मितलाई अदालतमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ। शुक्रबार साँझ अस्मिताले लिएर गएका नाबालिका छोरीहरू १५ भदौमा घरनजिकै केराघारीमा अँगालो मारेको अवस्थामा मृत फेला परेका थिए। उनीहरूको शवनजिकै कीटनाशक विषादीको बट्टा पनि बरामद भएको थियो।

बेपत्ता भएकी ३० वर्षीया अस्मिता फेला नपर्दा नाबालक दिदीबहिनीको मृत्यु रहस्यमय बनेको थियो। अलपत्र अवस्थामा फेला परेकी अस्मिताको शारीरिक अवस्था खराब पाइएकाले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका– ४ ढिकरे स्थायी घर भएका अर्जुन र अस्मिता दुई नाबालक छोरीहरूसँगै सुन्दरहरैँचामा नातेदारको घरमा कोठा भाडा लिएर बस्दै आएका थिए। दुईवटा सुमो जिप भएका श्रीमान् अर्जुनले एउटा भाडामा लगाएर एउटा आफैँले चलाउँदै आएका थिए। उनीहरूले सुन्दरहरैँचामा जमिन खरिद गरेर आफ्नै घर पनि बनाउन थालेका थिए।

शुक्रबार नयाँ बनाउँदै गरेको घरमा पानी हाल्ने विषयमा श्रीमान्–श्रीमतीबिच भनाभन भएको थियो। त्यसपछि साँझ आमा अस्मिता छोरीहरू लिएर बेपत्ता भएकी थिइन्।