१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १९ बुधबार
  • Sunday, 15 September, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ भदौ १९ बुधबार o३:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पौडी खेल्ने क्रममा डुबेर वाणगंगाका दुई युवाको मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ भदौ १९ बुधबार o३:२६:oo

अर्घाखाँचीस्थित शीतगंगा नगरपालिका १३ र १४ को बिचमा रहेको वाणगंगा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको ज्यान गएको छ।

कपिलवस्तुस्थित वाणगंगा- २ राजपुरका २३ वर्षीय उमेश पौडेल र वाणगंगा- ८ बोडगाउँका २२ वर्षीय किशोर रास्कोटीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ।

घटना मंगरबार दिउँसोको हो, जब चारजना साथीहरू पौडी खेल्न खोलामा गएका थिए। पौडी खेल्दै गर्दा एक्कासि आएको बाढीले उनीहरूलाई बगाएको थियो। पौडिन नसक्दा उमेश र किशोरको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी दुईजना पौडिएर बाहिर निस्कन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दा र प्रहरीले खोजी कार्य गरेका थिए ।
किशोर रास्कोटीको शव हडाह कुलाको बाँध र उमेश पौडेलको शव ढाव कुलाको बाँधमा भेटिएको
थियो।

शव भेटिएको क्षेत्र घटनास्थलदेखि करिब ६ सय मिटरको दूरीमा पर्दछ।