१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १८ मंगलबार २१:२१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

राक्सिराङमा न्वागीका अवसरमा दुई दिन सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार २१:२१:oo

मकवानपुरको राक्सिराङ गाउँपालिकाले छोनामा अर्थात् न्वागीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ। सीमान्तकृत समुदाय चेपाङको बाहुल्यता रहेको राक्सिराङमा उनीहरूको मुख्य पर्व न्वागीको अवसर पारेर गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।

पालिकाले न्वागीको अवसरमा भदौ २१ शुक्रबार र २२ शनिबार सर्वाजनिक बिदा दिएको हो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लद्वारा हस्तक्षरित सूचनामार्फत सार्वजनिक बिदाको बारेमा जानकारी गराइएको छ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले उक्त दिन गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरूमा बन्द हुने जानकारी दिए।

सूचनामा ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको महत्त्वपूर्ण अंगको रूपमा प्रकृति पुजक अति सीमान्तकृत चेपाङ जातिको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा यही मिति २०८१ भाद्र २१ गते र २२ गते २ (दुई) दिन राक्सिराङ गाउँपालिकाभरि स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको कुरा उल्लेख गरिएको छ।

गाउँपालिका अध्यक्ष मल्लले सूचनामार्फत चेपाङ समुदायको महत्त्वपूर्ण पर्वको अवसरमा सम्पूर्ण राक्सिराङवासी तथा देश विदेशमा रहेका चेपाङ सामुदायमा सुख, शान्ति, समृद्धिको कामनासमेत गरेका छन्।