१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १८:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूर्य नेपालकाे प्रायोजनमा हुन लागेको साहित्य महोत्सवप्रति एक्सन नेपालको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १८:४१:oo

सूर्य नेपालको मुख्य प्रायोजनमा हुन लागेको काठमाडौं कलिङ्ग लिटेररी फेस्टिभल, २०२४ प्रति एक्सन नेपालले ध्यानाकर्षण भएको जनाएको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनविरुद्ध सार्वजनिक रूपमा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्न नपाइने भन्दै एक्सन नेपालले आपत्ति जनाएको हो।

देशभर सुर्तीजन्य पदार्थको सेवनले बर्सेनि ३७ हजारभन्दा बढीले ज्यान गुमाइसकेको अवस्थामा सुर्तीजन्य वस्तु उत्पादक सूर्य नेपालको आयोजनामा फेस्टिभल हुन लागेको विषयमा एक्सन नेपालले आपत्ति जनाएको हो। सुर्तीजन्य पदार्थको विज्ञापनले युवापुस्तालाई त्यसको प्रयोग गर्न प्रोत्साहित गर्ने अध्ययनले पुष्टि गरिसकेको उल्लेख गर्दैै सो संस्थाले उद्योगहरूलाई कुनै पनि प्रकारको विज्ञापन प्रवर्द्धन र प्रायोजनमा प्रतिबन्ध लगाइएको स्मरण गराएको छ।

सुर्तीजन्य पदार्थ उद्योग कम्पनीहरूसँग सञ्चालन गर्न कानुनी इजाजत-पत्र भए पनि हानिकारक उत्पादनहरूलाई वैध मान्न नसकिने एक्सन नेपालले बताएको छ। सरकारले सुर्तीजन्य पदार्थको प्रयोगबाट बढिरहेको स्वास्थ्य समस्याको भार नियन्त्रणका लागि प्रयास गरे पनि प्रचारप्रसारमा भइरहेका यस्ता गतिविधि भने नियमन गर्न नसकेको एक्सन नेपालले जनाएको छ। एक्सन नेपालका अनुसन्धान अधिकृत डा. पामिर गौतमले भने, ‘हजारौँ मानिसहरूको ज्यान बचाउने उद्देश्यले ल्याइएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने कानुनको कार्यान्वयनमा सरकार कमजोर देखिएको छ। जसका कारण सुर्तीजन्य उत्पादन उद्योगहरूले गर्दै आएका नियमविपरीत गतिविधि गर्न छुट मिलिरहेको छ।’

साथै, सुर्तीजन्य उत्पादकको ब्यानरमुनि बसेर साहित्यका बहुआयामिक विषयहरूमा छलफल गर्नुसमेत विडम्बनापूर्ण देखिएको उनले बताए। जनस्वास्थ्यलाई गम्भीर हानि पुर्याउने सुर्तीजन्य पदार्थको उत्पादकको लोगोसहित प्रचार गरी सामाजिक उत्तरदायित्व नबिर्सन र सुर्तीजन्य पदार्थ नियमनका लागि बनेका कानुनको धज्जी नउडाउनसमेत एक्सन नेपालले आयोजकलाई आग्रह गरेको छ।