१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १७:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तोकिएको समयसीमाभित्रै कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण हुन्छ : प्रधानमन्त्री ओली

पार्टीमाथिको चौतर्फी हमलाको सुसंगठित प्रतिवाद गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १७:२३:oo

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरण निर्माणका क्रममा भएको सातबुँदे सहमतिअनुसार कांग्रेसलाई तोकिएकै समयसीमाभित्र सरकारको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।

मंगलबारबाट सुरु पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। एमालेले नेतृत्व गरिरहेको कांग्रेससहितको अहिलेको सरकारले जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै अघि बढिरहेको बताउँदै उनले तोकिएकै समयसीमामा सरकारको नेतृत्व हस्तान्तरण गर्ने बैठकलाई जानकारी गराए। 

कांग्रेस–एमालेबीच ०८४ सालसम्म आलोपालो सरकारको नेतृत्व गर्ने सातबुँदे सहमतिमा साढे दुई वर्ष ओली र बाँकी अवधि कांग्रेसले सरकारको नेतृत्व गर्ने उल्लेख छ।

‘एमालेले नेतृत्व गरिरहेको अहिलेको सरकारले जनतामा उत्साह पैदा गरेको छ, अर्थतन्त्र क्रमशः लयमा फर्किँदै छ। सरकार सफल दिशामा अघि बढ्छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नयाँ पत्रिकासँग भने, ‘सातबुँदे सहमतिअनुसार कांग्रेसलाई तोकिएको समयसीमाभित्रै सरकारको नेतृत्व हस्तान्तरण गरेर ०८४ सम्म मिलेर राजनीतिक स्थिरताको सन्देश दिन्छौँ।’

अध्यक्ष ओलीले एमालेमाथि विपक्षीहरूबाट भइरहेको चौतर्फी हमलालाई सचेततापूर्वक नजिकबाट हेरिरहेको भन्दै सुसंगठित ढंगले हमला र आक्रमणलाई प्रतिवाद गर्दै अघि बढ्ने गरी पार्टीपंक्ति परिचालित गर्न नेताहरूलाई निर्देशनसमेत दिए।

तीन एजेन्डामा केन्द्रित रहेर छलफल सुरु भएको एमाले पोलिटब्युरोको बुधबारको बैठकमा नेताहरूले सुझाव राख्ने क्रम सुरु हुनेछ। बैठकमा आगामी वार्षिक कार्ययोजनाभित्र १५ वटा मुख्य विषय समेटिएको र त्यसमाथि नै बढी केन्द्रित रहेर छलफल हुने पनि नेता गौतमले जानकारी दिए।