१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार २१:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मकवानपुर जिल्ला लिगः प्रगतिशील र पशुपतिको जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार २१:४१:oo

हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा प्रगतिशील युवा क्लब र पशुपति युवा क्लबले जित निकालेका छन्। सोमबार भएको खेलमा प्रगतिशील युवा क्लबले एफसी चाइनाक्वाटरलाई ७–० को फराकिलो गोल अन्तरले हराएको हो।

प्रगतिशीलको जितको लागि अनिल माझीले ह्याट्रिक गरे। माझीको ह्याट्रिक प्रतियोगिताकै पहिलो ह्याट्रिक हो। यस्तै, प्रगतिशीलको जितका लागि आशिष ल्यामीको दुई तथा विकल माझी र सुजल बोम्जनले एक-एक गोलको योगदान रह्यो। पहिलो हाफमा एक गोल मात्रै गरेको प्रगतिशीलले दोस्रो हाफमा सानदार प्रदर्शन गर्दै ६ गोल थप्न सफल भएको हो।

सोमबार नै भएको अर्को खेलमा पशुपति युवा क्लबले युनाइटेड नाइनलाई २–१ गोल अन्तरले हराउँदै अंक खोस्न सफल भएको छ। पशुपतिका लागि सुजन वाइबा र प्रसुन वाइबाले गोल गर्दा युनाइटेडका तर्फबाट सुरेश वाइबाले एक गोल फर्काए।

प्रतियोगिताअन्तर्गत सोमबार चार खेल भएकामा दुई खेल भने बराबरी सकिएका छन्। हाँडीखोला युथ क्लब र बागमती गाउँपालिकाको सहिद स्मृति क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

यस्तै, हेटौँडा १९ को परेली युवा क्लब र एफसी पोतालाबिचको खेल पनि बराबारीमा सकिएको थियो। परेली र पोतालाले भने २–२ को बराबरी खेलेका हुन्।

परेलीको तर्फबाट रमेश वाइबाले २ गोल गरे भने पोतालाका धावा लामा र प्रीतम स्याङ्बोले एक-एक गोल गरे। प्रतियोगिताअन्तर्गत मंगलबार पनि चार खेल हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक युवराज लामाले जानकारी दिए।