१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमफेदीमा भिरबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार २o:५८:oo

मकवानपुरको भीमफेदीमा मोटरसाइकल भिरबाट खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मुनुवा घर भएका अन्दाजी ४० वर्षीय वृतनारायण यादव रहेको मकवानपुर प्रहरीले जनाएको छ।

सोमबार अपराह्न भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेत ११, घुम्तीमा मोटरसाइकल भिरबाट पाँच सय मिटर तल खस्दा मोटरसइकलका चालक यादवसहित बाराको फेटा गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय रमेश पाण्डे घाइते भएका थिए।

गम्भीर घाइते मोटरसाइकलचालक यादवको उपचारका क्रममा सोमबार साँझ हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । यस्तै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पाण्डेको हेटौँडा अस्पतालमै उपचार भइरहेको छ।
मकवानपुर प्रहरी प्रवक्ता भण्डारीका अनुसार काठमाडौंबाट हेटौँडा आउँदै गरेको प्रदेश २–०३–०११ प ३४७४ नम्बरको मोटरसाइकल भिरबाट तल खसेको थियो । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थल पुगेर खसेको मोटरसाइकलबाट यादवलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याएको थियो। मोटरसाइकलमा सवार पाण्डे रुखमा अडकिएका थिए।