१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ भदौ १७ सोमबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुख रोपेर जन्मदिन मनाए विद्यार्थीले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १८:५९:oo

आफूवरपरको वातावरण सफा र हराभरा राख्न विद्यार्थीले रुख रोपेर आफ्नो जन्मदिन मनाएका छन्। त्रिविमा समाजशास्त्र अध्ययन गरिरहेका विद्यार्थी प्रीतम बस्नेतले क्याम्पसपरिसरमा वृक्षारोपण गरेर जन्मदिन मनाएका हुन्।

उनले त्रिवि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख डा. पासाङ शेर्पासहित अन्य विद्यार्थीहरूसँग मिलेर रुख रोपेका हुन्। ५ वटा बिरुवा रोपेर जन्मदिन मनाएका प्रीतमले आगामी जन्मदिनमा सधैँ वृक्षारोपण गर्ने संकल्प लिएको बताए।

‘केक काटेर सकिने खर्चमा एक व्यक्तिले कम्तीमा पाँचवटा बिरुवा मात्रै रोप्ने हो भने काठमाडौंजस्ता ठाउँलाई हराभरा राख्न सकिन्छ। वृक्षारोपणको संस्कृति विकास होस् भन्ने उद्देश्यले हरेक जन्मदिनमा रुख रोप्ने योजना बनाएको हुँ,’ उनले भने।

वृक्षारोपण गरेर जन्मदिन मनाउन त्रिवि समाजशास्त्र विभागले समेत सहयोग गरेको छ।