१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
२o८१ भदौ १७ सोमबार १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बकैयाले बगाएकी नानुमायाको शव बाराको कोल्हवीमा भेटियाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १७:oo:oo

मकवानपुरको बकैया खोलाले बगाएर बेपत्ता भएकी महिलाको शव बारा जिल्लाको कोल्हवीमा फेला परेको छ। आइतबार बाराको निजगढबाट घर फर्कने क्रममा बकैया खोलाले बगाएर नानुमाया तितुङ बेपत्ता भएकी थिइन्।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले बकैया गाउँपालिका वडा नम्बर ६ की ३६ वर्षीया नानुमायाको शव बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ स्थित बकैया खोलाको किनारमा फेला परेको जानकारी दिए।

वैदेशिक रोजगारीका लागि विदेश जान लागेका छोरा छिरिङ तितुङलाई निजगढसम्म पुर्याउन श्रीमान् राजकुमार तितुङसँग गएकी नानुमाया आइतबार बिहानै छोरालाई बिदाइ गरेर घर फर्केकी थिइन्। तर, आइतबार बिहानैदेखि परेको वर्षाका कारण बकैयामा आएको बाढीले उनलाई बगाएको थियो।

खोलाले बगाएर बेपत्ता भएकी नानुमायालाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले समेत खोजी गरेका थिए। आमालाई बगाएको खबर सुनेपछि गए राति साउदी अरबको फ्लाइट रहेका छोरा छिरिङ घर फर्किएका छन्।