१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १७ सोमबार
  • Sunday, 15 September, 2024
नयाँ पत्रिका नेपालगञ्ज
२o८१ भदौ १७ सोमबार १६:५६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सकियो माओवादी केन्द्र लुम्बिनीको परामर्श बैठक, ७० नेताले दिए सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नेपालगञ्ज
नयाँ पत्रिका
२o८१ भदौ १७ सोमबार १६:५६:oo

नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको छ। नेपालगन्जमा दुई दिनसम्म चलेको बैठक आज सोमबार सकिएको हो।

बैठकमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन्। पहिलो दिन ५१ र दोस्रो दिन १९ जना गरी ७० जना प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले सुझाव दिएका हुन्।

नेताहरूले पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको कार्यदिशा सही भएको उल्लेख गर्दै यसलाई थप परिष्कृत गरी ठोस कार्ययोजना अघि बढाउन सुझाव दिएका छन्।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पदाधिकारीहरुले सम्बोधन गरेका थिए। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्ताबेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले प्रदेश परामर्श बैठक गरिरहेको छ। भोलिदेखि पार्टीका आयोगमा रहेका केन्द्रीय नेताहरूसँग परामर्श लिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिक रूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ।